(१) करदाताले दफा १८ बमोजिमको कर अवधिको आफ्नो कारोबारको लेखा अद्यावधिक राख्नु पर्नेछ र त्यस्तो लेखा निरीक्षण गर्न कर अधिकृतले माग गरेमा जहाँसुकै रहेको निजको त्यस्तो लेखा कर अधिकृतलाई उपलब्ध गराउनु पर्नेछ ।
(१क) विभागले करदाताको _ कम्प्यूटर तथ्याङ्क आधार (डाटावेश) मा निरन्तर पहुँच प्राप्त गर्न सक्नेछ ।
(२) करदाताले राखेको लेखामा देहायका कुराहरु समेत समावेश हुनु पर्नेछः–
(क) कारोबार भएको मिति,
(ख) प्रत्येक कारोबारको मूल्य,
(ग) कारोबारको अर्को पक्ष दर्ता भएको रहेछ भने निजको दर्ता नम्बर र
(घ) कारोबारसँग सम्बद्ध तोकिए बमोजिमका अन्य कुराहरु ।
(३) दर्ता भएको व्यक्तिले सम्बन्धित कर अधिकृतद्वारा प्रमाणित भएको खरिद तथा बिक्री खाता लेखा राख्ने प्रयोजनको निमित्त प्रयोग गर्नु पर्नेछ ।
(३क) ...
(४) करदाताले कारोबारको लेखा तोकिएको अवधिसम्म सुरक्षित राख्नु पर्नेछ ।
(५) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमले तोकेको प्रक्रिया पूरा गरी करदाताले राखेको लेखालाई अन्यथा प्रमाणित नभएसम्म मान्यता दिईनेछ ।